काठमाडौँ, साउन १३ । पुर्वप्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संस्थापक सुर्यबहादुर थापाका छोरा सुनिल थापा नेपाली काँग्रेस प्रवेश गरेका छन् । थापासहित १४ जना प्रभावशाली नेताहरु राप्रपा परित्याग गरि काँग्रेस प्रवेश गरेका हुन् ।
राप्रपा छोडेर काँग्रेस प्रवेश गर्नेहरुमा सुनिल थापा, रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वक्रमा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत, ईन्द्रबहनदुर तामाङलगायत रहेका छन् ।
उनिहरुले राप्रपाको कार्यशैली ठिक नलागेको भन्दै काँग्रेस प्रवेश गरेका हुन् । थापासहित १४ जनालाई नेपाली काँग्रेस पार्टी कार्यलय सानेपामा सभापती शेर बहादुर देउवाले पार्टी प्रवेश गराएका हुन् । काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले सम्पुर्ण नवप्रवेशीहरुलाई टिका लगाइदिएका थिए ।
पुर्वप्रधानमन्त्री समेत रहेका सुर्य बहादुर थापाका छोरालाई काँग्रेस प्रवेश गराउनका लागि धेरै समयदेखि गृहकार्य चलिरहेको काँग्रेस उपसभापती विमलेन्द्र निधिले बताए । उनले आजको दिन नेपाली काँग्रेसको लागि ऐतिहासिक दिन हुने समेत बताए ।
थापालाई सहमहामन्त्री बनाउने आश्वासनसहित काँग्रेस भित्र्याइएको हो । उनिसँग आएका अन्य १४ जनामध्य ५ जनालाई केन्द्रिय सदस्य बनाउने तयारी पनि काँग्रेसको छ । यद्यपी थापालाई देउवाको एकल निर्णयमा सहमहामन्त्री बनाउन खोजिएको भन्दै पार्टीभित्र पनि आलोचना पनि भएको छ ।