कमल थापाको आरोप– ‘सुनिल थापाले सुर्य बहादुर थापाको विरासत समाप्त पारे’

दियो पोस्ट  

काठमाडौँ, साउन १३ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सुनिल थापाले सुर्यबहादुर थापाको विरासतलाई समाप्त पारेको आरोप लगाएका छन् । उनले सुनिल थापा काँग्रेस प्रवेश गर्नुले सुर्यबहादुर थापाको विरासत समाप्त बनाएको आरोप लगाएका हुन् ।

मंगलबार सामाजिक संजाल ट्वीटरमा धारणा उल्लेख गर्दै कमल थापाले नेपाली काँग्रेसले सुर्य बहादुर थापालाई नबोक्ने दावि गरेका हुुन् । उनले आगामी एक बर्षभित्रमा सुनिल थापाले पश्चाताप गर्नुपर्ने समेत बताएका छन् ।

‘कमेन्ट नगरौं भन्दा भन्दै सूर्यबहादूर थापाप्रतिको मेरो अगाध स्नेह र सम्मानको कारण यति चांहि भन्न चाहन्छु कि सुनिल थापाको यस निर्णयले सूर्यबहादुर थापाको राजनीतिक विरासत समाप्त हुनेछ’ उनले लेखेका छन्, ‘कंग्रेसले सुबथालाई बोक्दैन। एक वर्ष भित्र सुनिल थापाले पश्चाताप गर्नु नपरोस्। मेरो शुभकामना छ ।’

राप्रपका संस्थापक तथा पुर्वप्रधानमन्त्री समेत रहेका सुर्य बहादुर थापाका छोरा सुनिल थापा मंगलबार नै नेपाली काँग्रेस प्रवेश गरेका छन् । उनिसहित १४ जना प्रभावशाली नेताहरु राप्रपा परित्याग गरि काँग्रेसमा समाहित भएका हुन् ।

मंगलबार काँग्रेस प्रवेश गरेका सुनिल थापालाई काँग्रेस सभापती देउवाले पार्टीको सहमहामन्त्री बनाउने आश्वासन दिएका छन् । उनिसंगै प्रवेश गरेका मध्य ५ जनालाई काँग्रेसले केन्द्रिय सदस्य बनाउने समेत आश्वासन दिएको छ ।