कालिकोटमा पहिरोले घर पुरिँदा ९ जनाको मृत्यु

दियो पोस्ट  

प्रतिकात्मक तस्वीर

काठमाडौँ, साउन १४ । अविरल बर्षासँगै आएको पहिरोले घर पुरिँदा कालिकोटमा ९ जनाको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिका–४ गादी र वडा नम्बर ७ बाँगामा घर पहिरोले घर पुरेपछि ९ जनाको मृत्यु भएको हो ।

पहिरोमा परि मृत्यु हुनेको परिचय नखुलेको गाउँपालिका अध्यक्ष धीरबहादुर विष्टले बताएका छन् । पहिरोमा परि २ जना घाइते भएका छन् ।

घाइतेहरुलाई उद्धार गरि स्थानीय अस्पतालमा उपचारको लागि पुर्याइएको छ भने प्रहरीको टोली घटनास्थलमा परिचालन गरिएको छ ।