सांसद लिलादेवि सिटौलाले लिईन् शपथ

दियो पोस्ट  

काठमाडौँ, साउन १४ । जनता समाजवादी पार्टीकी सांसद लिलादेवि सिटौलाले पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छिन् ।

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद सचिवालयस्थित कृषि समितिको हलमा सिटौलालाई सपथ गराएका हुन् ।

पार्टीले अर्का नेतृ सरिता गिरिलाई निष्काशित गरेपछि समाजवादी पार्टीले सिटौलालाई सांसद चयन गरेको हो ।

सरकारले नयाँ राजनीतिक र प्रशासनिक नक्सा सार्वजनिक गरेपछि विवादस्पद बोलेपछि समाजवादीले गिरीलाई सांसद नरहने गरी कारबाही गरेको थियो ।