प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन कर्मचारीमा कोरोना संक्रमण

दियो पोस्ट  

काठमाडौँ, साउन १४ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयमा कार्यरत तीनजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका २२ जनाको स्वाब संकलन गरी जाँच गर्दा तीन जनामा पोजेटिभ देखिएको हो ।

सवारी चालक ३५ वर्षीय पुरुष, स्टोर किपर ५० वर्षीय पुरुष र कार्यालय सहयोगी २५ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रीको नीजि सचिवालयले जनाएको छ ।

पोजेटिभ देखिएका तीनै जनालाई आइसोलेसनमा पठाइसकिएको र पोजेटिभ व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ्ग गर्ने काम भइरहेको उनल बताए ।