काठमाडौँ, साउन १५ । काठमाडौँमा बरामद भएको नक्कली सुन प्रकरणमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा देवान पटेल, विजय पटेल र निलेश सखिया छन् । उनीहरु पूर्वी नवलपरासीको दुम्कीबास क्षेत्रबाट पक्राउ परेका प्रहरी स्रोतले बतायो ।
उनीहरुले एउटा स्कार्पियो गाडीमा सामान ल्याएका र पछि सो स्कार्पियो गाडी लुकाएर अर्कै कार भाडामा लिएर काठमाडौंबाट भागेको बताइएको छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।