प्रहरी प्रधान कार्यलयमा थप ४ जनालाई कोरोना संक्रमण

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १५ । प्रहरी प्रधान कार्यलयका थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै हेडक्वार्टरमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा संक्रमण देखिएको हो ।

संक्रमितमध्य अधिकांश सञ्चार निर्देशनालय, एमटी र सुरक्षा सेवा निर्देशनालयमा कार्यरत छन् ।

प्रहरी प्रधान कार्यालयको सवारी (एमटी) शाखामा कार्यरत एकजना प्रहरी हवल्दार काठमाडौँ बाहिर गएर फर्केपछि पहिलो पटक उनलाई कोरोना संक्रमण भएको थियो ।

सम्बन्धित खबर

सिफारिस