नेपालभर थप २ सय ७४ जना कोरोना संक्रमित भेटिए

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १५ । नेपालमा बिहीबार थप २७४ जनामा कोरोना संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा ६ हजार ३ सय ४ जनामा गरिएको परीक्षणमा २७४ जनामा संक्रमण भएको हो ।

नियमित प्रेस ब्रिफिङमार्फत डा. गौतमले बिहीबार डिस्चार्ज हुनेको संख्या २२७ रहेको मन्त्रालयका प्रवक्ता जानकारी दिए । हालसम्म डिस्चार्ज हुनेको संख्या १४ हजार २४८ रहेको छ ।

हाल सक्रिय संक्रमितको संख्या ५ हजार २२७ जना रहेको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टिनमा १३ हजार २०१ जना रहेका छन् ।

यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १४ हजार २ सय ४८ पुगेको छ ।

सम्बन्धित खबर

सिफारिस