अवैध ‘सुन अप्रेशन’: दरबारमार्गका डिएसपी रञ्जन दाहाल हटाइए !

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १५ । महानगरिय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रञ्जन दाहाललाई सरुवा गरिएको छ । अवैध सुन बरामदमा व्यवसायीकता प्रदर्शन गर्न नसकेको भन्दै प्रहरी प्रधान कार्यलयले दाहाललाई हटाएको हो ।

दाहालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा काज सरुवा गरिएको छ । महानगरीय प्रहरी वृत दरबारमार्गमा डीएसपी रामेश्वर पौडेललाई पठाइएको छ । पौडेल यसअघि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए ।

बुधबार महानगरीय प्रहरी कार्यायल रानीपोखरीले डीएसपी दाहालमाथि छानविन गर्न एसएसपी यादवको नेतृत्वमा अपराध महाशाखाका एसएसपी दीपक थापा, काठमाडौँ परिसरका एसपी सोमेन्द्र सिंह राठौर, डीएसपीद्धय दुर्गा दाहाल र राजकुमार केसीसहित छानविन समिति गठन गरेको थियो ।

सोही समितिको छानविनका आधारमा डीएसपी दाहालको कमजोरी देखिएपछि उनलाई हटाइएको हो ।

सम्बन्धित खबर

सिफारिस