काठमाडौँ, १५ साउन । धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थायी घर भएका रमेश कमर पक्राउ परेका छन् ।
चेक रिपब्लिक पठाइदिन्छु भन्दै विभिन्न व्यक्तिसँग लाखौा रुपैयाँ ठगी गरेको अभियोगमा उनलाई महानगरीय प्रहरी अपराध महासाखाले पक्राउ गरेको हो ।
पक्राउ परेका रमेशले चेक रिपब्लिक पठाईदिन्छु भन्दै १८ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको पाइएको छ ।
प्रहरीका अनुसार १५ जना व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै थप १८ लाख रुपैयाँ ठगी गरेको प्रहरीको निष्कर्श छ ।
प्रहरीले उनलाई बसुन्धाराबाट पक्राउ गरेको हो । उनलाई मुद्दा प्रक्रियाका लागि प्रहरी परिसर काठमाडौं पठाइएको छ ।