काठमाडौँ, साउन १ । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । बिहीबार राति पर्साको बीरगंजमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत ५६ बर्षीय एक पुरुष रहेको नारायणी मेडिकल अस्पतालले जनाएको छ । भारत घर भई वीरगंज बस्दै आएका उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । मुटु रोगका पीडित रहेका उनको कोरोना संक्रमण पश्चात गम्भिर बनेको थियो ।
अवस्था गम्भिर भएपछि आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । मुटुको बाइपास सर्जरी गरेका उनलाई साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते दिउँसो साढे १ बजे वीरगञ्जस्थित अस्थायी कोरोना विशेष अस्पताल गण्डकमा भर्ना गरिएको थियो ।
बिहीबार दिउँसोदेखि उनको शरीरमा अक्सिजनको मात्रा कम हुँदै गएको थियो । अवस्था गम्भिर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएकोमा राति ११ बजे निधन भएको अस्थायी कोरोना अस्पताल गण्डकले जनाएको छ ।
यससंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ ।