काठमाडौँ, साउन १६ । उच्च अदालत जनकपुरका एकजना न्यायधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ । अदालत स्रोतका अुनसार ५० बर्षीय ती न्यायधीशलाई बिहिबार कोराना संक्रमण पुष्टि भएको हो । यो संगै प्रदेश २ मा दुई जना न्यायधीशलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब संकलन गरी जाँच गरेकोमा एक जनाको पोजेटिभ आएको हो ।
न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि लकडाउनको अवधीमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।
प्रदेश २ मा न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको यो दोस्रो केस हो । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।