काठमाडौँ, साउन १६ । भारतमा एकैदिन ५४ हजार ९ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । वर्ल्डोमिटरका अनुसार हालसम्म भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३९ हजार ३ सय ५० जना पुगेको छ ।
बिहीबार मात्रै भारतका ७ सय ८३ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाए । यससँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३५ हजार ७ सय ८६ पुगेको छ ।
त्यस्तै १० लाख ५९ हजार ९३ जना उपचार पश्चात निको भएका छन् ।