साढे १४ किलो चाँदीमा सुनको जलप लगाउने कालिगढ पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन १६ । साढे १४ किलो सुन चाँदी र आधा किलो सुन प्रकरणमा संलग्न थप एक जना पक्राउ परेका छन् ।

चाँदीमा सुनको जलप लगाएर ढिक्का बनाउने कालिगढ मनिष मल्लिक पक्राउ परेका हुन् । उनी न्यूरोडको सुन पसलमा काम गर्छन् ।

उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबारै पक्राउ गरेको परिसर स्रोतले जानकारी दिएको छ ।

मंगलबार काठमाडौँबाट १५ किलो पहेलोँ धातु बरामद भएको थियो । परिक्षणपश्चात त्यसमा साढे १४ किलो चाँदीमा सुनको जलप लगाइएको र आधा किलो सुन भएको पाइएको थियो ।

सम्बन्धित खबर

सिफारिस