मलेशियामा नेपाली श्रमिकमाथि निर्घात कुटपीट : लठ्ठीले कुट्दै गरेको भिडियो भाइरल !

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


मलेशिया, १६ साउन । रोजगारीको लागि मलेशिया आएका एक नेपाली सेक्युरिटी गार्डमथि चरम कुटपीट भएको पाइएको छ ।


कुटपीटको भिडियो सामाजिक सञ्जालमा समेत भाइरल भएको छ । ड्युटीमै रहेका ती नेपाली युवामाथि मलेशियन नागरिकले लाठीले कुट्दै गरेको भिडियोमा देख्न सकिन्छ । उक्त कुटपीटको भिडियो सार्वजनिक भएपछि नेपाली दूतावास मलेशियाले समेत मलेशियन प्रहरीमा उजुरी दिएको छ ।


प्रारम्भिक जानकारी अनुसार उक्त भिडियोमा देखिएको स्थान मलेशियाको चोकिटमा रहेको एलाइड सेक्युरिट एसडिएन बिएसडी कम्पनिको हो । उक्त कम्पनिको विषयमा समेत खोजबीन भइरहेको जनाइएको छ ।

भिडियो

https://www.youtube.com/watch?v=0ivSdPsebjw