काठमाडौँ, साउन १६ । सरकारबाट प्रतिवन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दर्जनौँ नेता पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा विप्लवका रुपन्देही जिल्ला इन्चार्ज संगम पुन सहित १० भन्दा धेरै नेताहरु रहेका छन् ।
बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज पुन सहित नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मिया लगायतका नेतालाई पक्राउ परेका हुन् ।
विप्लव निकट एक व्यक्तिका अनुसार शुक्रबार स्थानीयहरुसँग छलफलमा सहभागी भइरहँदा उनिहरु पक्राउ परेका हुन् । प्रहरीले भने पक्राउ गरिएको बताए पनि नाम सार्वजनिक गरेको छैन ।