युरोकप २०२० मा पराजित भएपछि इंग्ल्याण्डका समर्थकद्वारा इटलीका समर्थकमाथि हातपात

दियो पोस्ट  

एजेन्सी । घरेलु टिम इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै इटालीले युरो २०२० को उपाधि जितेको छ । तर खेल सकिएपछि इंग्ल्याण्डका समर्थकहरुले इटलीका फ्यानमाथि रंगाशाला भित्रै हातपात र कुटपीट गरेका छन् ।

सोमबार विहान लन्डनस्थित वेम्बली रंगशालाबाट बाहिरिने क्रममा उनीहरुबीच कुटाकुट भएको हो ।

फाइनल खेलमा निर्धारित र अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि उपाधिको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको हो ।

पेनाल्टी सुटआउटमा इटालियन गोलकिपर डोन्नरुम्माले इंग्ल्यान्डका दुई प्रहारलाई विफल पारेका थिए। इंग्ल्यान्डको एउटा प्रहार भने पोस्टमा लागेको थियो ।

पेनाल्टी सुटआउटमा इटालीका बेलोटीको प्रहारलाई इंग्लिस गोलकिपर पिकफोर्डले विफल पारेका थिए ।

यस्तै इंग्ल्यान्डका रास्फोर्डको प्रहार भने पोस्टमा लाग्यो। लगत्तै इंग्ल्यान्डका जाडोन सान्चोको प्रहारलाई इटालियन गोलकिपर डोन्नरुम्माले विफल पारे।

इटालीका पाँचौ पेनाल्टी हानेका जोर्गिन्होको प्रहारलाई पनि इंग्लिस गोलकिपरले विफल पारे।

इंग्ल्यान्डका लागि पाँचौ पेनाल्टी प्रहार गरेका बुकायो साकाको प्रहारलाई इटालीलाई गोलकिपर डोन्नरुम्माले छेक्दै आफ्नो टिमलाई विजयी बनाएका हुन् ।

भिडियो