बाँके । नेपालगन्ञदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज पुनः नेपालगन्ज विमानस्थल फर्काइएको छ । उडेको केही समयमा नै इन्जिनबाट धुवाँ निस्किएपछि उक्त जहाज नेपालगन्जमा नै अवतरण गरिएको हो ।
चालक दलसहित ७९ जना लिएर उडेको ९ एन– एएनएफ जहाजमा १० माइल उडेपछि जहाजको बायाँ इन्जिनमा धुवाँ देखिएको र आपत्कालीन अवतरण गरिएको विमानस्थल स्रोतले जनाएको छ ।
जहाज सुरक्षित अवतरण भएको र विमानको प्राविधिक चेकचाँच सुरू भएको छ ।