काठमाडौं कोभिडको बढ्दो ग्राफलाई मध्ये नजर गर्दै नेपाल स्वयंसेवी रक्तदाता समाजले रक्तदान कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष एवं सर्वाधिक स्वयंसेवी रक्तदाता प्रेमसागर कर्माचार्यको विशेष उपस्थितिमा अराधन कम्प्लेक्स् बागबजारमा रक्तदान कार्यक्रमको आयोजना गरि सम्पन्न भएको हो ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको आह्वानलाई सार्थक सिद्द गर्दै रक्तदान कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत यो कार्यक्रमको आयोजना गरिएको संघका जिल्ला अध्यक्ष तथा कार्यक्रमका सभापति चन्द्र रणपहेलीले बताए।
कोभिडको बढ्दो ग्राफलाई मध्ये नजर गर्दै बिरामीको उपचारमा सहजता मिलोस् भनि रक्तदान कार्यक्रमको आयोजना गरिएको हो । नेपाल स्वयंसेवी रक्तदाता समाजले देशभर अभियान सञ्चालन गर्दै आइरहेको छ ।
उक्त कार्यक्रममा महिला तथा पुरूष गरि जम्मा ५७ जना स्वयंसेवी रक्तदाताहरूले रक्तदान गरेका छन् । कार्यक्रममा प्रमुख अतिथि संघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठ,बिशेष अतिथि नेपाल कपडा तथा सिलाई ब्यवसायी महासंघ बागमती प्रदेशका सचिव तथा केन्द्रीय सदस्य राज कार्की रहेका थिए ।