हुन्डी कारोबार गरेको आरोपमा ६९ लाख नगदसहित तीन पक्राउ

diyopost.com
दियो पोस्ट  बिहिबार, भाद्र ०२, २०७९ | १५:५५:३६

काठमाडौं । हुन्डी कारोबारीको आरोपमा तीनजना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई घण्टाघर र कलंकीबाट ६९ लाख रूपैयाँसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर–१० का ४५ वर्षीय माधव श्रेष्ठ, बाराको महागढीमाई–७ घर भई काठमाडौंको कुलेश्वर बस्ने ३३ वर्षीय सुनिशलकुमार शाह र धनुषाको जनकपुर३ घर भई काठमाडौंको टेकु बस्ने ३३ वर्षीय अंकित गोयन्का रहेका छन् ।

घण्टाघरमा श्रेष्ठले सञ्चालन गर्दै आएको सर्जोग टुर एन्ड ट्राभल्सबाट ६० लाख र कलंकीमा गोयन्काले सन्चालन गर्दै आएको आनी इन्टरनेसनलबाट ९ लाख रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर