विराटनगर । सशस्त्र प्रहरी बल मोरङले, विराटनगरबाट करीव एक लाख ६८ हजार रुपैयाँ बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाका स .प्र. स .ह. मिन बहादुर हौजालीका अनुसार भारतबाट अबैध रुपले ल्याउदै गरेको उक्त लत्ताकपडा बरामद गरिएको हो । बरामद लत्तापकडा विराटनगर भन्सार कार्यालय रानीमा बझाएको जानकारी मिन बहादुरले दियोपोष्टलाई दिएका छन् ।
मोरङ्ग जिल्लाको बिराटनगर महानगरपालिका १६ दरैयाँस्थित सीमा ईलाकाबाट भाद्र २ गते सशस्त्र प्रहरीले चोरीपैठारीको लत्ताकपडा बरामद गरेको हो ।