काठमाडौँ । सार्वजनिक सवारी साधनमा यात्रा गरिरहेका यात्रुलाई बेहोस बनाइ धनमाल चोरीमा संलग्न एक जनालाई प्रहरी विट थानकोटले पक्राउ गरेको छ ।
भदौ तिन गते पोखराबाट काठमाडौँ आउदै गरेको ग. १. ख. ९७१५. नंबरको बसमा सवार राम बहादुर परियारलाई सुरक्षा जाँचको क्रममा नागढुङ्गा चेकप्वाइन्टबाट पक्राउ गरेको प्र.उ दिनेश राज मैनालीले जानकारी दिएका छन् । परियारले बिस्कुटमा स्लिपिङ्ग ट्याबलेट मिसाई आफुसँगै सिटमा सवार कमलार्से गरुङलाई बेहोस बनाएका थिए । बेहोस बनाई गुरुङको धनमाल चोरी गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । बेहोसी गुरुङलाई प्रहरीले उपचारका लागी अस्पताल लगेको थियो ।
राम बहादुर परियारबाट निम्नानुसारको दशी प्रमाणसहित फेला पारी निजलाई नियन्त्रणमा लिइएको प्रहरी विट थानकोटले दियोपोष्टलाई बताएको छ ।
बरामद दशी प्रमाण
१. इचभय बिष्कुट आधा खाएको अबस्थाको(३ प्याकेट )
२.चालु अबस्थाको हाते घडी (४ थान )
३. पर्स( २ थान )
४. ए।टि एम कार्ड (२ थान )
५. नगद रु १४,५२०
६.सुनचाँदी पसलको बिल(२ थान )
७. मोबाइल (४ )
८. पावर बैंक (१ )
९. सिम कार्ड(४ थान )
१०. स्लिपिङ ट्याब्लेट ९५ ट्याब्लेटसहित को पत्ता (२ थान )
घटनाको सम्बन्धमा निज राम बहादुर परियार उपर मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद २० को “चोरी तथा डाँका सम्बन्धी कसूर” मा प्रहरी बृत्त थानकोटबाट थप अनुसन्धान भई रहेको छ ।