ऋण तिर्न दबाब दिएपछि कैलालीमा एक महिलाले गरिन् आत्महत्या

- फूलमती  

कैलाली । कैलालीमा एक महिलाले लघुवित्त वित्तीय संस्थाबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्या गरेकी छिन् । कैलाली जिल्लाको गौरीगङ्गा नगरपालिका –१ लठैयामा बसोबास गर्दै आएकी रेश्मा चौधरीले ऋण तिर्न नसक्दा शनिबार (हिजो) आत्महत्या गरेकी हुन ।

रेश्माले युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको गौरीगङ्गा नगरपालिका वडा नं १ मा रहेको शाखाबाट तीन लाख बीस हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋण तिर्न नसक्दा चौधरीले बिषादी सेवन गरेर आत्महत्या गरेकी हुन ।

भदौ १ गते संस्थाका कर्मचारी सहितको समूहले रकम तिर्न दबाब दिन रेश्माको घरमा सूचना सहित बिहान ११ बजे तालाबन्दी गरेको थियो । सोही दिन रेश्मा किस्ता रकम तिर्न नआएपछि संस्थाका कर्मचारी पुनः साझ ५ बजे दबाब दिन घरमा पुगको सोही संस्था की एक कर्मचारीले बताएकी छिन् ।
उनी केन्द्र बैठकमा नपुगेपछि ऋण लिदा साक्षी बसेका सदस्यले ऋण लिन नपाउने व्यवस्था अनुसार उनलाई पैसा तिर्न दबाब सिर्जना गर्न तालाबन्दी गरिएको संस्थाका शाखा प्रमुख राजकुमार चौधरीले बताए ।