काँग्रेस नेतृ गोमा केसीद्धारा मन्दिर निर्माणमा गजुर सहयोग

- युवराज पहाडी  

ओखलढुंगा । नेपाली काँग्रेस ओखलढंगाकी पूर्वसभापति गोमा केसीले स्थानीय मन्दिरलाई गजुर उपलब्ध गराएकी छन् । उनले मानेभज्याङ गाउँपालिकाको हर्कपुरमा बन्दै गरेको शिव मन्दिरलाई उक्त गजुर उपलब्ध गराएकी हुन् । बिहीबार (हिजो) केसीले बन्दै गरेको मन्दिर परिसरमै पुगी गजुर दिएर उक्त सहयोग गरेकी छन् । उनी आगामी संघीय निर्वाचनमा ओखलढंगाबाट प्रतिनिधि सभाकी प्रमुख दाबेदार हुन् ।

उनी स्थापित तथा चर्चीत महिला नेता समेत हुन् । साथै उक्त मन्दिरलाई नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्वसंविधान सभा सदस्य रामहरि खतिवडाले मूर्ति, काँग्रेसकै पूर्व क्षेत्रिय कोषाध्यक्ष ठाकुर गौतमले इट्टा सहयोग गरेका छन् । मन्दिर निर्माणका लागि गाउपालिकाले २ लाख रुपैयाँ बजेट विनियोजन गरेको मन्दिर व्यवस्थापनकी अध्यक्ष कमला केसीले जानकारी दिइन् ।

सो मन्दिर निर्माणमा गाउपालिकाले विनियोजन गरेको बजेटभन्दा धेरै रकम लाग्ने हुँदा मन्दिर व्यवस्थापन समितिले सहयोग गर्न विभिन्न दाताहरुसँग आग्रह गरेको छ ।