नर्भिकले ल्यायो तिज अफर, हेल्थ प्याकेजमा भारी छुट

दियो पोस्ट  

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले हिन्दू नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसरमा विशेष हेल्थ प्याकेजको अफर सार्वजनिक गरेको छ ।
होल बडी चेकअपका विभिन्न प्याकेजहरुमा आकर्षक छुटसहितको अफर सार्वजनिक गरिएको हो ।

यस अफर अन्तर्गत सेवाग्राहीले भारी छुटमा ३ खालका हेल्थ प्याकेज खरीद गर्न सक्नेछन् । आधारभूत तिज प्याकेज रु. ६६६६ मै उपलब्ध हुने अस्पतालले जनाएको छ ।
यसअन्तर्गत सुगर रेण्डम, युरिक एसिड, लिपिड प्रोफाइल, यूरिया, क्रेटीनाइन, हेमाटोलोजी प्रोफाइल, चेस्ट पिए, इसीजी, अल्टासाउण्ड, यूरिन रुटिन लगायतको जाँच हुनेछ ।
यस्तै, नर्भिकले मेमोग्रामसहितको तिज प्याकेजमा पनि भारी छुटको अफर सार्वजनिक गरेको छ । यो प्याकेज ९९९९ रुपैयाँमै खरीद गर्न सकिनेछ ।
आधारभूत प्याकेजमा हुने जाँचबाहेक यसमा मेमोग्राफी डबल लगायतका अन्य आइटम पनि समावेश छन् ।
नर्भिकले ब्रेस्टको यूएसजीसहितको अर्को प्याकेज पनि ल्याएको छ । यो प्याकेज ७७७७ रुपैयाँमै खरीद गर्न सकिनेछ ।

सम्बन्धित खबर