काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तिकारीले “त्रि.वि. बचाउ संघर्ष” सुरु गरेको छ। विश्वविद्यालय सुधारको लागि आन्दोलनको आवश्यकता नसकिएको भन्दै विश्वविधालय रुपान्तरणको लागि आन्दोलनहरुको स्वरूप बदल्ने उचित समय आएको अखिल क्रान्तिकारीको भनाइ छ। आज एक विज्ञप्ति जारी गर्दै संघर्षका कार्यक्रम समेत सार्वजनिक गरेको छ।
अखिल क्रान्तिकारीले संघर्ष अन्तर्गत भाद्र १५ देखि २२ गते सम्म २४ घण्टा विश्वविद्यालय खुल्ला रहने अभियान सुरु गरेको छ।
त्यस्तै कक्षाकोठाहरु खुल्ला राख्दै पढाई सुचारु गर्ने र सबै तहका कार्यकक्षहरु खुल्ला राख्ने जनाइएको छ। बिम्बात्मकरुपमा बत्तीहरु र पानीका धाराहरु खुल्ला राख्ने अखिल क्रान्तिकारीले स्पष्ट पारेको छ।
विश्वविद्यालय सुधारको लागि राख्दै आएका मागहरु पुरा नभए थप संघर्षका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी समेत दिएको छ।