विभिन्न मागसहित मिटर ब्याज पीडितले भोलि बालुवाटार घेराउ गर्ने

दियो पोस्ट  

काठमाडौं । विभिन्न मागसहित मिटर ब्याज पीडितले भोलि बालुवाटार घेराउ गर्ने भएका छन् । मिटर ब्याज तथा ठगीविरूद्ध बिहीबार दिउँसो दुई बजे माइतीघरदेखि मार्च गर्दे बालुवाटार पुगेर घेराउ गर्ने छन् ।

काठमाडौंमा सडक संघर्ष सुरू भएको आगामी बिहीबार एक महिना पुग्छ। सो दिन संघर्ष समितिको आह्वानमा किसान मजदुर मार्च हुँदैछ। विभिन्न दलसँग आबद्ध किसान तथा मजदुर संगठन, अन्य पेशागत संगठन र सम्पूर्ण अधिकारकर्मीलाई यस मार्चमा उत्साहप्रद सहभागिता जनाउन संघर्ष समिति आह्वान गरेको छ ।

आफ्नो मागलाई पन्छाउँदै सरकारले सहसचिवको संयोजनमा मिटरब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदल गठन गरेता पनि उक्त कार्यदलमा पीडित पक्षको सहभागिता नभएकाले राज्यप्रति आशा गरे पनि भरोसा गरिहाल्ने आधार नभएको समितिको ठहर छ।

उनीहरुले आधारभूत मागसहित अन्य मागहरु पनि राखेका छन् ।
१ हाल गिरफ्तार गरिएका मिटरब्याजी साहुहरु धरौटीमा छुट्ने सिलसिला तत्काल बन्द गर ।
२ तत्कालै सरकारले ऋणभन्दा बढी रकम तिरिसकेका किसानलाई ऋण  मुक्त घोषणा गर ।
३ बन्धक बनाइएका जमिन फुकुवा गर्ने प्रतिवधतासहित शीघ्र काम थाल ।र्
४ किसानलाई भूमिहिन बनाइएको ठाँउमा सबै जमिन फिर्ता गर्ने प्रक्रिया सुरु गर
५ सुदखोरको सम्पती छानबिन गर

सम्बन्धित खबर