धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

धनुषा । धनुषामा कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । जिल्लाको गणेशमान चारनाथ नगरपालिका–५ टडिया बस्ने ७५ वर्षीया बकुलती देवी यादवको हत्या गरेको आरोपमा  २ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेहरुमा उनकै माईली बुहारी ३५ वर्षीया ईन्दिला यादव र जेठो छोरो पट्टीकी नातिनी २२ वर्षीया सुसिला यादव रहेका छन् । घरायसी बिबादको क्रममा ईन्दिला यादव र सुसिला यादवले बाँसको भाटाले कुटपिट गर्दा उनको सोमबार दिउँसो घटनास्थलमा नै मृत्यु भएको हो । उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबर र प्रहरी चौकी पोर्ताहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरी यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।