काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् । पर्साको पटेर्वा सुगौली गाउँपलिका–१ मोलाही टाँडीबाट अवैध लागूऔषध चरेश २५ ग्राम, गाँजा १५ ग्राम र नगद १ हजार २ सय १४ रुपैयाँसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ३५ वर्षीय धर्मेन्द्र राउत रहेका छन् । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित आइतबार साँझ पक्राउ गरेको हो ।
यसैगरी रौतहट, कटहरिया नगरपालिका–१ प्रसवनिबाट अवैध लागूऔषध गाँजा ३ केजीसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर बकैया गाउँपालिका–३ बस्ने ४५ वर्षीय कान्छा मान तामाङ रहेका छन् । अस्थायी प्रहरी पोस्ट छेदिचोकबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त गाँजासहित सोमबार दिउँसो पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।