सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु

दियो पोस्ट  

सप्तरी । सप्तरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–८ ढोलबाजा बस्ने ५५ वर्षीय बिकु साह रहेका छन् ।

विद्युतीय मोटरबाट पानी तानि धानखेतमा लगाउने क्रममा अचानक करेन्ट लागेर सोमबार बिहान घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।