मोरङमा खोलामा डुबेर एक जना बालकको मृत्यु

दियोपोस्ट संवाददाता

मोरङ । मोरङमा खोलामा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको कटहरी गाउँपालिका–४ सुदामा चोकस्थित सुखानी खोलामा डुबेर एक जना बालकको मृत्यु भएको । मृत्यु हुनेमा सोही ठाउँ बस्ने अजय साहको छोरा १० वर्षीय प्रेम कुमार साह रहेका छन् ।

खोलामा नुहाउने क्रममा डुबेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा उद्धार गरी उपचारको लागि कोशी अस्पताल विराटनगरतर्फ लैजाने क्रममा सोमबार बिहान बोटोमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस