छुट्टाछुट्टै ठाँउमा लावारिस अवस्थामा  ६ जनाको शव फेला

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा लावारिस अवस्थामा ६ जनाको शव फेला परेको छ । पर्वतको पैंयु गाउँपालिका–२ अर्थुङ स्थित एक जनाको मृत अवस्थामा फेला परेको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३९ वर्षीय बाल कृष्ण राना रहेका छन् । उनी सोही ठाउँस्थित भर्मा खोलामा सोमबार लावारिस अवस्थामा फेला परेको हाे ।

यसैगरी दाङको गढवा गाउँपालिका–७ मकनवामा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने २५ वर्षीय एकराज चौधरी रहेका छन् ।उनी सोही ठाउँस्थित सोमबार बाटोमा मृत अवस्थामा फेला परेकाे हाे ।

साथै रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१३ देवकोटाचोकस्थित राम थापाको होण्डाई गाडी सोरुममा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही सोरुममा गार्डको काम गर्ने सोही नगरपालिका–१ बेलहिया घर भएका ५७ वर्षीय छत्रमान राई रहेका छन् । उनी सोही सोरुममा सोमबार मृत अवस्थामा फेला परेकाे हाे ।

यसैगरी मुस्ताङको घरपझोङ गाउँपालिका–२ मा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ स्थित मार्फाको जंगलको भेडी गोठमा बस्ने म्याग्दी रघुगंगा गाउँपालिका–१ बेग घर भएका ५० वर्षीय कालि बहादुर गबुर्जा मगर रहेका छन् । उनी सोही गोठ नजिकै सोमबार मृत अवस्थामा फेला परेकाे हाे ।

यसैगरी नुवाकोटको पन्चकन्या गाउँपालिका–२ सुवेदी डाँडामा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ७० वर्षीय कुष्ण बहादुर अधिकारी रहेका छन् । उनी आफ्नै सुत्ने कोठामा सोमबार मृत अवस्थामा फेला परेकाे हाे ।

साथै सुर्खेतको लेकबेशी नगरपालिका–९ सिमदमारमा लावारिस अवस्थामा एक जनाको शव फेला परेको छ । मृत्यु हुनेमा सोही ठाँउ बस्ने ३१ वर्षीय इन्द्र बहादुर रावत रहेका छन् । उनी सोही ठाउँस्थित बारीमा आइतबार मृत अवस्थामा फेला परेकाे हाे ।
सवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सिफारिस