छुट्टाछुट्टै ठाँउबाट कुटपिटगरि हत्या गरेको आरोपमा २ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउबाट कुटपिटगरि हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् । ललितपुरमा कुटपिटगरि हत्या गरेको आरोपमा एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा जिल्लाको महानगरपालिका–९ बालकुमारी च्यासल बस्ने ४३ वर्षीय शंखर तामाङ रहेका छन् । सोही महानगरपालिका बालकुमारी बस्ने सर्लाही घर भएका ५३ वर्षीय ज्ञान बहादुर परियार (हिम)लाई तामाङले सामान्य बिवादका क्रममा कृटपिट गरि हत्या गरेका थिए । उक्त घटनाबाट गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पतालतर्फ लैजाने क्रममा सोमबार मृत्यु भएको हो । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग मंगलबजारबाट खटिएको प्रहरी टालीले तामाङलाई पक्राउ गरेको छ ।

यसैगरी काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–४ भसन्थलीमा हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही नगरपालिका–४ बस्ने ५२ वर्षीय गौरा सिंह बोहरा रहेका छन् । हाल सोही ठाँउ बस्ने सप्तरी घर भएकी ३८ वर्षीया अनिता चौधरीलाई धारिलो हतियार प्रहारगरि बोहराले हत्या गरेका थिए । उक्त प्रहारबाट गम्भीर घाइते भएकी उनको शिक्षण अस्पताल हुँदै थप उपचारको लागि ट्रमा सेन्टर लगिएकोमा उपचारको क्रममा आइतबार राति मृत्यु भएको हो । घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले बोहरालाई पक्राउ गरेको छ ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।