छुट्टाछुट्टै ठाँउबाट अवैध लागूऔषधसहित ३ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । विभिन्न ठाँउमा अवैध लागूऔषधसहित ३ जना पक्राउ परेका छन् । मोरङको बिराटनगर महानगरापलिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्रामसहित एक जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१२ बस्ने ४० वर्षीय दिपक घिसिङ तामाङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ९७८४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित सोमबार दिउँसो  पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय मिलिग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका–१० बस्ने २३ वर्षीय बेद चौधरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई उक्त लागूऔषधसहित सोमबार साँझ पक्राउ गरेको हो ।

साथै झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ईलाम सूर्योदय नगरपालिका–११ बस्ने २६ वर्षीय किरण राई रहेका छन् । प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरीले  उक्त पदार्थसहित सोमबार साँझ पक्राउ गरेको हो ।
सवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।