रुकुम (पश्चिम) । रुकुम (पश्चिम)मा ७ थान भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–७ ग्याम खोलास्थित ओढारबाट भरुवा बन्दुक ७ थान प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमबाट खटिएको प्रहरी टोलीले खोजी गर्दा सोही ठाँउ स्थित ओढारमा लुकाई छिपाई बेवारिसे अवस्थामा राखेको उक्त बन्दुक फेला पारी सोमबार दिउँसो बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।