झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु

दियो पोस्ट  

झापा । झापामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको कनकाई नगरपालिका–४ त्रिवेणी चोकस्थित सडकमा हाल नम्बर नखुलेको गाडीले मे.३ प ७०७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय शम्भु लिम्बु रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाइते भएका उनको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।

हाल फरार गाडी चालकको प्रहरीले खोजी गर्नुको साथै दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।