काठमाडौं । कीर्तिपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको कीर्तिपुर नगरपालिका–१ लहना थाम्बाल बस्ने ६७ वर्षीया दिल कुमारी महर्जन रहेकी छिन् ।
सोही ठाँउ स्थित आफ्नै घरमा पानी तान्ने विद्युतीय मोटर चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।