
सप्तरी । सप्तरीमा डुबेर एक जना बालकको मृत्यु भएको छ । जिल्लाको छिन्नमस्ता गाउँपालिका–३ गोबिन्दपुर टोल बस्ने दिपेन्द्र यादवको छोरा २ वर्षीय दिब्यानसु यादव रहेका छन् ।
आफ्नै घरमा रहेको जेनेरेटरको पानी खस्ने स्थानमा खेल्ने क्रममा डुबेर अशक्त भएका उनको छिन्नमस्ता अस्पताल राजबिराज हुँदै चिल्ड्रेन अस्पताल बिराटनगरमा थप उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।