चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

दियो पोस्ट  

चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको भरतपुर महानगरपालिका–२९ गाईघाटमा ना.६ ख ५६४२ नम्बरको ट्रक र लु.३८ प ६५७० नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पा घर भएका ३५ वर्षीय सरोज दर्लामी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मंगलबार दिउासा मृत्यु भएको हो ।  साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएको छ ।

ट्रक चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।