माओवादीले केन्द्रीय समिति बैठक लाइभ नगर्ने

दियो पोस्ट  

काठमाडौँ । माओवादी केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ ।

बुधबार बिहान केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले केन्द्रीय समिति बैठक लाइभ नगर्ने निर्णय गरेको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए।

केन्द्रीय समितिको एजेन्डा लगायत विषयमा बैठक जारी रहेको उनले बताए । केन्द्रीय समिति बैठक आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा भवनमा सुरू हुँदैछ। बैठक पाँच दिनसम्म चल्ने छ ।

पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक लाइभ गर्ने निर्णय गरेको थियो। तर पदाधिकारीभन्दा ठूलो स्थायी समिति बैठकले लाइभ गर्न हुँदैन भन्ने निर्णय गरेको महराले बताए ।

सिफारिस