
कपिलवस्तु । कपिलवस्तुमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको शिवराज नगरपालिका–६ धर्मनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको हाे । मृत्यु हुनेमा सोही ठाँउ स्थित निर्माणाधिन गौरीशंकर सिमेन्ट कारखानामा काम गर्ने भारत वेटिया पश्चिम चम्पारन घर भएका २६ वर्षीय पुषपेन्द्र चौरासिया रहेका छन् ।
सोही कारखानामा वेल्डिङ् काम गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको शिवराज अस्पताल बहादुरगंजमा उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।