कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

दियो पोस्ट  

कैलाली । कैलालीमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् । जिल्लाको धनगढी उपमहानगरपालिका–४ बसपार्कस्थित होटल कलेलमा जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरुमा डोटी पुर्वीचौकी गाउँपालिका–३ बस्ने २५ वर्षीय अमित बोहरासहित १० जना रहेका छन् । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ४ हजार ८ सय १० रूपैयाँ र २ बुक ताससहित मंगलबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।