११ थान भरुवा बन्दुक बरामद

दियो पोस्ट  

रूकुम (पूर्व), । रूकुम (पूर्व) मा ११ थान भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको भुमे गाउँपालिका–६ स्थित तामारीको जंगलको ओढारबाट ११ थान भरूवा बन्दुक मंगलबार साँझ प्रहरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको प्रहरी टोलीले वेवारिसे अवस्थामा रहेको उक्त बन्दुकहरु फेला पारी बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सिफारिस