
कैलाली । कैलालीकाे विभिन्न ठाउँबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ स्थित फाप्ला ग्राउण्डबाट ३० मिलिग्राम तथा सु.प.प्रदेश ०१–०११ प ५५१६ नम्बरको मोटरसाइकलसहित ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ बस्ने १८ वर्षीय किशोरसहित ३ जना रहेका छन् । उनीहरूलाई मंगलबार प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सोही उपमहानगरपालिका–३ ब्यारेलबाट करिब ७ सय मिलिग्राम तथा सु.प.प्र ०१०१० प ९५९६ नम्बरको मोटरसाइकलसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–८ बस्ने २१ वर्षीय राहुल राना र २० वर्षीय अरुण राना रहेका छन् । उनीहरूलाई मंगलबार प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
साथै सोही नगरपालिका–१ धनगढी रोडबाट करिब ४ सय मिलिग्रामसहित अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोदावरी नगरपालिका–१ बस्ने २३ वर्षीय तेज साउद रहेका छन् । उनलाई मंगलबार प्रहरीले उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।