सिरहामा कुखुराको चल्लासहित २ जना नियन्त्रणमा

दियो पोस्ट  

सिरहा । सिरहामा कुखुराको चल्लासहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको सिरहा नगरपालिका–७ स्थित शिवचोकबाट प्रहरीले करीव १८ लाख ७५ हजार रुपैयाँ बराबरको एक सय कार्टुन कुखुराको चल्ला र बलेरो पिकअप गाडीसहित २ जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएकाे छ । पक्राउ पर्नेमा सोही जिल्लाको गोलबजार नगरपालिका १० धरमपुर बस्ने २० वर्षिय पवन सदाय र १८ वर्षिय लजे मुखिया रहेका छन् ।

सदरमुकाम सुरक्षा वेश सिरहाले पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको स १ च १६८४ नम्बरको बलेरो पिकअप गाडीमा राखी ल्याउँदै गरेको उल्लेखित मुल्यको ५ हजार वटा कुखुराको चल्लासहित उनीहरुलाई बुधबार नियन्त्रणमा लिएको हो ।

नियन्त्रणमा लिईएका दुवै जनालाई बरामद चल्ला तथा गाडीसहित आवश्यक कारवाहीको लागि भन्सार कार्यालय माडर सिरहामा बुझाईएको छ ।