लाखौको मोबाईलका कभर तथा एक्ससेरिज बरामद

दियो पोस्ट  

रुपेन्देही । रुपन्देहीबाट लाखौको मोबाईकका कभर तथा एक्ससेरिज बरामद भएको छ ।

जिल्लाको ओमसतिया गाउँपालिका -४ बसन्तपुर बाईपास रोडबाट बुधबार सशस्त्र प्रहरीले करीव ५ लाख ४२ हजार ४ सय रुपैयाँ बराबरको आईफोन मोबाईलका कभर तथा एक्ससेरिजहरु बरामद गरेको हाे ।

विशेष सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डा रुपन्देहीले सोही ठाउँमा रहेको एक स्थानीयको घरको सटरमा तीनवटा कार्टुनमा राखिएको उल्लेखित सामान फेला पारेको हो ।

बरामद सामान आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाईएको छ ।