विलविजक बिनाको बिभिन्न सामानसहित ट्याक्टर नियन्त्रणमा

दियो पोस्ट  

झापा । झापामा विलविजक बिनाको विभिन्न सामानसहित टयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्लाको कचनकवल गाउँपालिका–१ स्थित पथरीयाबाट करीव १० लाख ३ हजार रुपैयाँ बराबरको बिभिन्न सामान तथा ट्याक्टर सशस्त्र प्रहरीले मंगलबार नियन्त्रणमा लिएको हाे ।

मे १ त ७२८९ नम्वरको ट्याक्टरमा प्रस्तावित सीमा सुरक्षा गुल्म घेराबारीले शंका लागि जाँच गर्दा हार्डवेयरका सामान, टनेलपाल तथा प्लाष्टिकका बट्टाको विलविजक नभएको पाईएपछि नियन्त्रणमा लिईएको हो ।

नियन्त्रणमा लिईएको सामान तथा ट्याक्टर आवश्यक अनुसन्धानको लागि आन्तरिक राजश्व कार्यालय चन्द्रगढी झापामा बुझाईएको छ ।