उदयपुर । उदयपुरमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको बेलका नगरपालिका–७ बस्ने २० वर्षीय मनोज शाशंखर रहेका छन् ।
मनोजले ती किशोरीलाई सोमबार राति सुतिरहेको कोठामा प्रवेश गरी डर त्रास देखाई जबरजस्ती करणी गरेको
भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।