भक्तपुरमा १२ वर्षीया बालिका बलात्कृत, एक किशोर पक्राउ

दियोपोस्ट संवाददाता

भक्तपुर । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा रूकुम मुसिकोट नगरपालिका–३ घर भई काठमाडौं नयाँबानेश्वर थापागाउँ बस्ने १९ वर्षीय बिबेक केसी रहेका छन् ।

केसीले ती बालिकालाई गत साउन ४ गतेदेखि ललाई फकाई पटक–पटक जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी वृत्त ठिमिबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर

सिफारिस