पाल्पा । पाल्पामा ११ र १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको तानसेन नगरपालिका–८ पाँडेखर्क बस्ने २२ वर्षीय बिशाल ठडराई रहेका छन् ।
बिशालले ती बालिकालाई आइतबार बिहान जबरजस्ती करणी तथा सोही दिन दिउँसो जबरजस्ती करणी उद्योग गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी प्रभासबाट खटिएको प्रहरीले उनलाई बुधबार दिउँसो पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।